११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026
दीपेन्द्रको उत्कृष्ट ब्याटिङ

ओमानविरुद्ध नेपालको रोमाञ्चक जित


जनमञ्च संवाददाता
  • २८ माघ २०७८ , शुक्रबार

  • ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

    काठमाडौं, २८ माघ – दीपेन्द्र सिंह ऐरीको जादुय ब्याटिङमा नेपाल चारदेशीय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा विजयी भएको छ। नेपाललाई विजयी बनाउन दीपेन्द्रले अविजित ७३ रन बनाए। ५३ बल खेलेका उनले ८ चौका र एक छक्का प्रहार गरेका थिए।

    ‌ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३ बल अगावै भेट्टाएको थियो। दीपेन्द्रपछि नेपालका लागि अरिफ शेखले २५, अशिफ शेखले १४ र ज्ञानेन्द्र मल्लले १३ रन बनाएका थिए। ओमानका लागि कलिमुल्लाहले २ र खवर अलीले एक विकेट लिएका थिए।

    यसअघि ओमानको अल अमेरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो। आइसिसी पुरुष टी-२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेलेको हो। सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend