२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026
सार्वजनिक विदा घोषणा

मधेश सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने


जनमञ्च संवाददाता
  • २८ माघ २०७८ , शुक्रबार

  • मधेश सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने

    जनकपुर, २८ माघ – मधेश प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउने भएको छ।  आगामी फागुन १ गते मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेको हो।

    आगामी फागुन १ गते परेको जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदाको समेत घोषणा गरेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी फागुन १ गते आइतबार सार्वजनिक विदा दिएको जानकारी गराएको छ।

    आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले विज्ञप्ति जारी गर्दै जनयुद्ध दिवसको अवसरमा आइतबार मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी गराएका हुन्।

    उनी नेकपा माओवादी केन्द्रबाट मधेश सरकारमा मन्त्री छन्। तत्कालीन विद्रोही नेकपा (माओवादी) ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ।

    मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा मधेशका प्रत्येक जिल्लाका ५ जना जनयुद्धका सहिदका परिवारलाई जनही एकलाख रुपैयाँ आर्थिक सहायता समेत उपलब्ध गराउने तयारी गरेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend