११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

आजदेखि देशभर मौसम सफा


जनमञ्च संवाददाता
  • २९ माघ २०७८ , शनिबार

  • आजदेखि देशभर मौसम सफा

    काठमाडौं, २९ माघ – आज (शनिबार) देखि कम्तीमा ३ दिनसम्म कतै वर्षा, हिमपातको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमबार रातिसम्म लगभग देशभर मौसम सफा रहनेछ।

    महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। यतिबेला (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) छ भने तराईका थोरै स्थानमा हुस्सु /कुहिरो लागिरहेको बुलेटिनमा उल्लेख छ।

    मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।  तर मौसमविद् वरुण पौडेलले अहिलेसम्मको अनुमानमा एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको जानकारी दिए।

    ‘देशभरमा कतै फाटफुट पानी परिहाल्यो भने बेग्लै कुरा, नत्र उल्लेखनीय वर्षा र हिमपातको सम्भावना छैन’, मौसमविद् पौडेलले शनिबार बिहान भने।

    महाशाखाले जारी गरेको सोमबारसम्मको मौसम अनुमान : 

    माघ २९ गते शनिबार
    दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    राति : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    फागुन १ गते आइतबार
    दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    राति : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    फागुन २ गते सोमबार
    दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    राति : प्रदेश नं १, बागमती प्रदेशको पहाडी भूभागका आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    (नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यसैगरी आंशिक बदली भनेको धरैजसो आकाश खुला, थोरैमा बादल, सामान्य बदली भनेको धेरैजसो आकाशमा बादल, थोरै खुला, पूर्ण बदली भनेको पूरै आकाश बादलले ढाकेको तथा मौसम सफा भनेको आकाशमा कतै बादल नभएको अवस्था हो।)

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend