८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
स्थानीय तह निर्वाचन

निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने


जनमञ्च संवाददाता
  • २९ माघ २०७८ , शनिबार

  • निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने

    काठमाडौं, २९ माघ – स्थानीय तहको निर्वाचनमा आगामी २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरूले मतदान गर्न पाउने भएका छन् ।

    निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुग्ने मतदाताले मतदानमा सहभागी हुन पाउने निर्णय गरेको हो ।

    “मतदाता नामावली संकलन भइसकेको । वैशाख २९ गतेसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने निर्णय भएको छ,” आयोग स्रोतले भन्यो ।

    यसअघि निर्वाचन घोषणा भएको मितिलाई कटअफ डेट मानेर निर्वाचनमा सहभागी गराउने गरेको थियो । निर्वाचनको मिति घोषणा भएदेखि निर्वाचन नहुँदासम्मको अवधिमा उमेर पुगेकाले मतदान गर्न छुट्ने गरेका थिए ।

    “मतदाता नामावली सम्बन्धी ऐनको दफा ६ को ख मा आगोगले तोकेको मितिमा १८ वर्ष पुगेकाले मतदान गर्न पाउनेछन् । सूचना राजपत्रमा प्रकाशन गर्ने भनिएको छ । ऐनमा व्यवस्था भएको कुरालाई किन कार्यान्वयन नगर्ने भनेर सो मितिलाई तोकेका हौँ,” स्रोतले भन्यो ।

    सो मितिमा १८ वर्ष पुगेकाहरुलाई परिचयपत्र २७-२८ गतेमात्रै वितरण गर्ने तयारी छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदैछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend