९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

देउवा, प्रचण्ड र नेपालबीच छलफल : एमसिसीमा भएन सहमति


जनमञ्च संवाददाता
  • २९ माघ २०७८ , शनिबार

  • देउवा, प्रचण्ड र नेपालबीच छलफल : एमसिसीमा भएन सहमति

    काठमाडौं, २९ माघ – अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी) बारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा शनिबार दिउँसो बोलाएको बैठक बिनानिष्कर्ष टुंगिएको हो। देउवाले एमसिसीमा सहमति खोज्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बोलाएका थिए।

    बैठकमा देउवाले संसदमा एमसिसी टेबुल गर्न ढिलो नगरौं भनी प्रस्ताव राखेका थिए। तर, जवाफमा प्रचण्ड र नेपालले एमसिसीबारे सबै दलहरूबीच साझा धारणा बनाउनुपर्ने बताएका थिए।

    एमसिसीमा सहमति नजुटेपछि बैठक फेरि बस्नेगरी टुंगिएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बताए। ‘आज बसेको बैठकमा कुनै निष्कर्ष निस्किएन, बैठक फेरि बस्ने कुरा भएको छ,’ उनले भने।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend