२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध


जनमञ्च संवाददाता
  • २९ माघ २०७८ , शनिबार

  • हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

    काठमाडौं, २९ माघ – हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रोयटर्सका अनुसार आगामी मार्च ४ सम्म प्रतिबन्ध लागू हुनेछ ।

    नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानमा रोक लगाइएको छ । कोभिड-१९ को बढ्दो संक्रमणलाई ख्याल गर्दै उक्त रोक लगाइएको हङकङ सरकारले जनाएको छ ।

    हङकङले अन्तर्राष्ट्रिय उडानमा ९० प्रतिशतले कम गरेको छ र कुनैपनि ट्रान्जिटको अनुमति पनि दिएको छैन । कोरोनाभाइरस प्रकोपलाई नियन्त्रणमा लिन हङकङले विश्वबाट आफूलाई अलग तुल्याउने निर्णय गरेको हो ।
    पछिल्लो समय चीनको वित्तिय सहर हङकङमा कोभिडका घरेलु मामिलामा तीव्र वृद्धि भैरहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend