२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026
सन्दर्भ: जनयुद्ध दिवस

जनयुद्धको दूरगामी महत्त्व छ : प्रचण्ड


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०७८ , आइतबार

  • जनयुद्धको दूरगामी महत्त्व छ : प्रचण्ड

    काठमाडौं, १ फागुन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित माओवादीहरूलाई एक हुन आह्वान गरेका छन्।

    आज फागुन १ गते २७औं जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले छरिएर रहेका माओवादी घटकहरूलाई एकै ठाउँमा समेटिन आग्रह गरेका हुन्।

    ‘यस ऐतिहासिक सन्दर्भमा माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरूमा जनयुद्धका उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु’, सन्देशमा प्रचण्डले भनेका छन्, ‘छरिएर रहेका माओवादी घटकहरूलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात् गर्दै एकताबद्ध हुन आग्रह गर्दछु। परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु।’

    जनयुद्ध दिवसका अवसरमा अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘महान् जनयुद्धका क्रममा बेपत्ता पारिनुभएका योद्धाहरू, घाइते योद्धाहरू र उहाँहरूका परिवारजनप्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु’, प्रचण्डले भनेका छन्।

    नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र अहिले पनि रहेको उल्लेख गर्दै उनले नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको दाबी गरेका छन्।

    ‘जनयुद्धको जगमा सम्पन्न भएको ०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात् मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको छ’, उनले भनेका छन्, ‘संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै सक्दैन।’

    तर ‘देशी–विदेशी प्रतिक्रियावादी शक्ति’ जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको उनले उल्लेख गरेका छन्। यसर्थ २७औं जनयुद्ध दिवसको सन्दर्भमा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक, शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबैखाले प्रतिक्रियावादी षडयन्त्रविरुद्ध अगाडि बढ्न प्रचण्डले अपिल गरेका छन्। साथै उनले माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गरिरहेका सबै शक्तिलाई शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न विशेष अनुरोध गरेका छन्।

    हेर्नुहोस विज्ञप्तीको पूर्णपाठ:

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend