११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

मंगलबारसम्म मौसम कुन प्रदेशमा कस्तो रहला ?


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०७८ , आइतबार

  • मंगलबारसम्म मौसम कुन प्रदेशमा कस्तो रहला ?

    काठमाडौं, १ फागुन – नेपालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (आइतबार बिहान) प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म तथा बाँकी प्रदेशका पहाडी भेगमा आंशिक मात्र बदली भएको छ। अनि तराईका केही स्थानमा हुस्सु/कुहिरो लागिरहको छ।

    महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    यस्तै भोलि सोमबार दिउँसो पनि मौसम त्यस्तै रहने सम्भावना छ। तर राति भने प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भेगमा आंशिक तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया  सफा रहनेछ।

    मंगलबार भने केही ठाउँमा हिमपातको समेत सम्भावना देखिएको छ।

    महाशाखाको बुलेटिनअनुसार मंगलबार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य तथा देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ।

    यसैगरी मंगलबार राति पनि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार तराई क्षेत्रका केही स्थानमा लागिरहेको हुस्सु/कुहिरो अपराह्नपछि बिस्तारै हटेर जाने सम्भावना छ।

    तर चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    (नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यसैगरी आंशिक बदली भनेको धरैजसो आकाश खुला, थोरैमा बादल, सामान्य बदली भनेको धेरैजसो आकाशमा बादल, थोरै खुला, पूर्ण बदली भनेको पूरै आकाश बादलले ढाकेको तथा मौसम सफा भनेको आकाशमा कतै बादल नभएको अवस्था हो।) 

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend