२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

पहिलोपटक सूर्यसँग ठिक्क दुरी भएको ग्रह भेटियो, नयाँ जीवन सम्भव !


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०७८ , आइतबार

  • पहिलोपटक सूर्यसँग ठिक्क दुरी भएको ग्रह भेटियो, नयाँ जीवन सम्भव !

    पतन हुन लागेका ताराको आसपास जिवन थाम्न सक्ने पृथ्वी जस्तै अर्को ग्रह भएको वैज्ञानिकहरुले दाबी गरेका छन् । यदि यो पुष्टि हुने हो भने पहिलोपटक पृथ्वी बाहिर पनि जीवन सम्भव हुनेछ ।

    पतन हुन लागेको या मृत तारालाई ‘ह्वाइट ड्वार्फ’ पनि भनिन्छ जसकै वरपर यो ग्रह घुमिरहेको पत्ता लागेको थियो ।

    यो ग्रहलाई ताराको बस्न योग्य क्षेत्र (ह्याबिटेबल जोन) मा फेला पारिएको छ जुन न धेरै तातो हुन्छ न धेरै चिसो हुन्छ । तारासँग ठीक्क दुरीमा हुने यस्तै किसिमको ग्रहमा मात्र जीवन सम्भव छ ।

    यो खोजबारे ‘रोयल एस्ट्रोनोमिकल सोसाइटी’ मा प्रकाशित गरिएको छ ।

    युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर जे फरिहीका अनुसार यस्तो अवलोकन गर्नु अन्तरिक्ष खोजकर्ताहरुका लागि पनि एकदमै नयाँ कुरा हो ।

    उनले बीबीसीसँग भनेका छन्, “ह्वाइट डवार्फको जीवनयोग्य क्षेत्रमा यस्तो भेटिएको यो पहिलोपटक हो । त्यसैले यसको वरपर घुमिरहेको ग्रहले जीवन सहितको छुट्टै दुनियाँ बसाल्न सक्छ । ”

    अन्तरिक्षको बस्न योग्य क्षेत्र भनेको त्यस्तो ठाउँ हो जहाँको ग्रहमा पानी तरल रुपमा रहन सक्छ । त्यसैले सो ठाउँमा जीवन सम्भव हुनेछ ।

    त्यस्तै धेरै ठूला ताराहरु मरेपछि ब्ल्याक होलमा परिणत हुन्छन् र हाम्रो सूर्य जस्ता साना तारा चाहिँ ह्वाइट ड्वार्फ बन्दछन् ।

    यसमा ताराको मृत्यु या पतन हुनु भनेको त्यसले आफ्नो सबै आणविक इन्धन प्रयोग गरि बाहिरी सतह पनि गुमाउनु हो ।

    यिनीहरु प्रायः ग्रहकै आकारको हुन्छन् र निर्माण हुने बित्तिकै सेतो–नीलो प्रकाश फाल्ने गर्दछन् ।  यो सम्भावित ग्रह पृथ्वी भन्दा ११७ लाइट इयर्स टाढा रहेको छ ।

    तरपनि पृथ्वी हाम्रो सूर्यबाट जति टाढा छ त्यसको तुलनामा यो ग्रह चाहिँ आफ्नो तारा भन्दा ६० गुणा नजिक रहेको पाइएको छ जुन एकदम ठीक दुरी हो ।

    कुनैपनि ग्रहमा जीवन सम्भव हुनका लागि तारा र सो ग्रहबीचको दुरी अनुकूल हुन आवश्यक छ । किनकी ग्रह ताराको धेरै नजिक भयो भने बढी तातो हुन्छ र धेरै टाढा भयो भनेपनि बढी चिसो हुने हुन्छ ।

    यो खोजपछि अन्तरिक्षयात्रीहरु ह्वाइट ड्वार्फको आसपास अन्य ग्रहहरुको प्रमाण खोज्न सक्रिय भएर लाग्न प्रोत्साहित बनेका छन् । किनकी फरिनीका अनुसार अन्तरिक्षको जगतमा यदि एउटा यस्तो घटना पत्ता लाग्यो भने यो अरु ठाउँ पनि सामान्य रुपमा पाइनेछ । प्रोफेसर फरिही भन्छन्, “हाम्रो टिमका लागि पनि यो आविस्कार एकदम ठूलो झट्का थियो । ” बीबीसी 

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend