९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०७८ , आइतबार

  • फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक

    काठमाडौं, १ फागुन – प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक फेरि स्थगित भएको छ। संसद सचिवालयले बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सूचना आइतवार प्रकाशित गरेको हो।

    संसद सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको थियो। तर विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी संसद सचिवालयले दिएको हो।

    प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्नि सापकोटाले गते बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जनाएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend