८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग

महाअभियोग स्वतन्त्र न्यायपालिकाविरुद्धको षडयन्त्रपूर्ण कदम : एमाले


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०७८ , आइतबार

  • महाअभियोग स्वतन्त्र न्यायपालिकाविरुद्धको षडयन्त्रपूर्ण कदम : एमाले

    काठमाडौं, १ फागुन – नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको ठहर गरेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्ताव लोकतन्त्र, स्वतन्त्र न्यायपालिकाको प्रहार, निर्वाचित तथा सत्ता र विपक्षी दलबीच बढ्दै गएको संवादलाई विथोल्ने प्रयास भएको निष्कर्ष निकालेको छ ।

    बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘भर्खरै बन्दै गएको प्रणालीलाई अस्थिरत बनाउने र नेपाललाई नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यअनुसार यो कदम अघि बढाइएको निष्कर्षमा साथ यस विषयमा गम्भीर रुपमा प्रतिवाद गर्न आवश्यक छ ।’
    पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend