८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमसीसीको निर्णय गर्नुपूर्व श्रीलंका र मंगोलियाको अध्ययन गर्नुपर्छ: उपसभापति गुरुङ


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०७८ , आइतबार

  • एमसीसीको निर्णय गर्नुपूर्व श्रीलंका र मंगोलियाको अध्ययन गर्नुपर्छ: उपसभापति गुरुङ

    बागलुङ, १ फागुन – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीले गर्दा मुलुक भूराजनीतिक द्वन्द्वमा फस्दै गएको बताएका छन् ।

    आइतबार नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन गर्दै उपभापति गुरुङले राष्ट्रिय सहमतिमा एमसीसी कार्यन्वयन गर्ने या फिर्ता गर्ने निर्णय हुनुपर्ने बताए ।

    ‘दुई शक्ति राष्ट्रहरु अमेरिका र चीनका भूराजनीतिक चपेटामा एमसीसीका कारण नेपाल पर्ने अवस्थामा पुगेको छ’ गुरुङले भने, ‘हामी चाहेर नचाहेर अब शक्ति राष्ट्रको टकराब बन्ने अवस्थामा देखिएकाले विवेकपूर्ण ढङ्गबाट निर्णय गर्नु पर्नेछ ।’

    ‘हामी जानेर वा नजानेर यो विषयलाई बहसमा ल्याउन सकेनौं, अहिले काठमाडौंका महलमा बस्नेदेखि गाउँमा झुपडीमा बस्नेसम्मले एमसीसी राष्ट्रघाती हो भन्न थालेपछि हामीलाई भोटको माया लागेर यसैमा राजनीति गर्न थालेका छौं’ गुरुङले भने ।

    एमसीसीको विषयमा निर्णय गर्नुपूर्व अस्वीकार गर्ने श्रीलङ्का र एमसीसी कार्यान्वयन गरेको मंगोलियाको राम्रोसंग अध्ययन गर्नुपर्ने उनले वताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend