९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
प्रदेश स्वास्थ्य नीति

गण्डकीमा सुरु भयो नि:शुल्क रक्त सेवा


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०७८ , सोमबार

  • गण्डकीमा सुरु भयो नि:शुल्क रक्त सेवा

    पोखरा, २ फागुन – गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले निःशुल्क रक्त सेवा सुरु गरेको छ । मन्त्रालयले आइतबार प्रदेश स्वास्थ्य नीति सार्वजनिकीकरणसँगै निःशुल्क रक्त सेवा सुरु गरेको हो ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले रगतको आवश्यकता परेका विरामी दुर्गा गुरुङलाई रगत वितरण गर्दै सो कार्यक्रम सुरु गरे ।

    गण्डकी प्रदेशमा वार्षिक २८ हजार युनिट रगतको माग रहेको छ । त्योमध्ये सबैभन्दा बढी माग पोखरामा छ । विभिन्न जिल्लाबाट उपचार गराउन बिरामीहरु पोखरा आउने भएकाले यहाँ माग बढी भएको हो ।

    यसअघिसमम रगत निःशुल्क पाइँदैनथ्यो । रक्त संचार केन्द्रबाट एक प्वाइण्ट रगत लिँदा ७५० देखि १ हजार रुपैयाँसम्म तिनुपथ्र्यो ।

    अब भने सो रगतमा लाग्ने शुल्क प्रदेशले नै व्यहोर्ने छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।

    मुख्यमन्त्री नेपालीले सोही समयमा प्रदेशको स्वास्थ्य नीति समेत सार्वजानिक गरे । कार्यक्रमको सम्बोधन गर्दै मुख्यमन्त्री नेपालीले प्रदेश सरकार आएसँगै कार्यान्वयनमा ल्याएको मानव सेवा कोसेढुङ्गा सावित हुने विश्वास रहेको बताए ।

    उनले प्रदेश सरकारको पहिलो घोषणाको रुपमा रहेको पाठेघर र क्यान्सर पीडितको निःशुल्क उपचारका लागि भरतपुर क्यान्सर अस्पतालसँग समन्वय गर्न निर्देशन दिए । उनले सबै प्रक्रिया पूरा भइसके पनि अस्पतालसँग सम्झौताको काम बाँकी रहेको बताए ।

    ‘प्रदेशका नागरिकलाई स्वास्थ्य लाभ निःशुल्क दिनुपर्ने हाम्रो कर्तव्य हो । त्यसका लागि हाम्रो क्षमता र हैसियतले भ्याएसम्म हामी प्रदान गर्नेछौँ’,उनले भने,‘ यसका लागि प्रदेशको आफ्नो मेडिकल कलेजको आवश्यकता हुन्छ । हामीले गण्डकी विश्वविद्यालयसंग समन्वय गरेका छौँ ।’

    प्रदेशको मुख्य चुनौतीको रुपमा देखिएको मृर्गौला पीडितको समस्या संवोधन गरिने पनि उनले बताए । प्रदेशमा करिब ५५० जनाजति मृगौलाको समस्या भएकाहरुलाई डायलोसिस गर्नुपर्ने भएपनि यहाँको क्षमता १०५ जनालाई मात्रै हुँदा समस्या परेको उनको भनाइ थियो ।

    स्वास्थ्यमन्त्री मधु अधिकारीले प्रदेश स्वास्थ्य नीतिले आम प्रदेशवासीको हित गर्ने बताइन् । उनले प्रदेशको सबै क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउन नसकिएको स्वीकारिन् । स्वास्थ्य नीतिमा प्रदेशको स्वास्थ्य अवस्था, समस्या, चुनौती र अवसरको बारेमा व्याख्या गर्दै रणनीतिहरु समेत समावेश गरिएको छ ।

    प्रदेश नीतिमा निःशुल्क आधारभूत स्वास्थ्य सेवादेखि जलवायू परिवर्तनले निम्त्याएको रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि प्राथमिकता दिने उल्लेख गरिएको छ । प्रदेशले नीतिलाई तत्काल कार्यान्वयनमा ल्याउने मन्त्री अधिकारीले बताइन् ।

    स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर श्रीराम तिवारीले प्रदेशले एक चिकित्सक एक अस्पताल गर्ने योजना अघि सारेको बताए । ‘अब एक चिकित्सकले एक स्वास्थ्य संस्थामा मात्रै आबद्ध हुने गरी नीति आउँदैछ । यसले विरामीको सेवामा थप टेवा पुग्ने विश्वास हामीले लिएका छौँ’, उनले भने,‘स्वास्थ्य नीतिको उदेश्य भनेकै प्रदेशवासीसमक्ष स्वास्थ्य पहुँच पु¥याउनु हो ।’

    स्वास्थ्य मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई समेत प्रर्वद्धन गरेर लैजानेगरी योजना अघि सारेको छ । तर, प्रदेशको स्वास्थ्यसम्बन्धी एकल अधिकार, साझा अधिकार र कार्य विस्तृततीकरणका आधारमा तयार भएको स्वास्थ्य प्रणाली माफर्तत गुणस्तरीय सेवा प्रदान गर्न आवस्यक पर्ने बजेट तथा अन्य स्रोतको व्यवस्थापन हुन नसके घोषित नीति तथा रणनीतिहरुको कार्यान्वयनमा कठिनाइ हुन सक्ने देखिन्छ । उक्त कुरा समेत नीतिमा उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend