९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पोखराका मेयर जिसीले गरे गण्डकीको पहिलो आकासे पुलको उद्घाटन


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०७८ , सोमबार

  • पोखराका मेयर जिसीले गरे गण्डकीको पहिलो आकासे पुलको उद्घाटन

    पोखरा, २ फागुन – पोखराको सिर्जनाचोकमा बनेको गण्डकी प्रदेशको पहिलो आकासे पुलको उद्घाटन आइतबार साँझ पोखराका मेयर मानबहादुर जिसीले गरे । यसअघि नै पुल संचालनमा भने आइसकेको थियो ।

    करिब २ करोड ५४ लाखको लागतमा स्टिल स्ट्रक्चर संरचनामा बनेको पुलको उचाई् ८ मिटर रहेको छ ।स्वर्गीय रवीन्द्र अधिकारीले आफू पर्यटनमन्त्री हुँदा सांसद विकास कोषबाट ५० लाख रुपैयाँ विनियोजन गरेपछि त्यहाँ पुल बनाउन थालिएको थियो । त्यसको बाँकी लागत भने पोखरा महानगरले व्यहोरेको हो ।

    मेयर मानबहादुर जिसीको ‘स्मार्ट सिटी’ सपनाअन्तर्गत पुल बनेको हो । पैदल यात्रुले पुलका कारण सुरक्षित महुशुस गरेका छन् । ट्राफिक समस्या हटाउन र यात्रुलाई सहज सडक वारपार गर्न पुल बनाएको महानगरले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend