९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
एमसीसी संसदमा टेबल हुन सक्ने संकेत

एमसीसीबारे बोले सभामुख, ‘म त ‘अम्पायर’ न हुँ, निर्णय दलहरु गर्छन्’


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०७८ , सोमबार

  • एमसीसीबारे बोले सभामुख, ‘म त ‘अम्पायर’ न हुँ, निर्णय दलहरु गर्छन्’

    काठमाडौं, २ फागुन – सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल हुन सक्ने संकेत गरेका छन्। सोमबार डाकिएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले यस्तो संकेत गरेका हुन्।

    सभामुख सापकोटाले एमसीसीबारे पनि बैठकमा उपस्थित सबै दलका नेताले एमसीसीबारे धारणा राखेको पनि बताए। ‘आजको बैठकमा एमसीसीबारे सबै दलका नेताले धारणा राखेका छन्। सबैका धारणालाई तटस्थ र स्वतन्त्र रुपमा सुनेको छु’, उनले भने, ‘सभामुखका हैसियतले मैले स्वतन्त्र र निष्पक्ष रुपमा निर्णय गर्नुपर्छ र सुन्नुपर्छ।’

    उनले एमसीसीबारे घुमाउरो जवाफ दिए। सापकोटाले लामो समयदेखि संसद अवरुद्ध हुँदा थाती रहेका विधेयक अघि बढ्न नसकेको बताए।

    ‘बैठकमा सदनलाई सुचारु गराउने र छलफल अघि बढाउनेबारे कुरा भएको छ। एमसीसीसहितका मुद्दामा सभामुखका हैसियतले स्वतन्त्र निष्पक्ष रुपमा निर्णय गर्नुपर्छ’, उनले भने, ‘अन्तिममा आउने संसदमा नै हो। तर सहमतिका साथ आउनुपर्छ भन्ने कुरा हो। सभामुखका रुपमा म त ‘अम्पायर’ न हो। निर्णायक भूमिका दलहरुकै हुन्छ।’

    सापकोटाले यो बैठक चार घण्टासम्म चलेको पनि बताएका छन्। ‘यो बैठकमा सजीव र जीवन्त छलफल भयो। निकै स्तरीय बैठकका रुपमा अनुभूति भएको छ। विपक्षी दलको उपस्थिति भएको भए सायदै यसले एउटा निष्कर्षमा लान्थ्यो’, उनले भने, ‘तर निष्कर्षमा पुगेन। थप पहलका लागि आधार दिएको छ। यो बैठकमा निरन्तर विपक्षीसँग गठबन्धनले छलफल गर्नेछ।’

    उनले बैठकमा धेरै कोणबाट छलफल भएको बताए। ‘राष्ट्रिय महत्वका विषयमा आमसहमति बन्दा धेरै राम्रो हुन्छ। सबैले पहल र प्रयत्न गर्ने भन्ने भएको छ। बैठकले संसद सुचारु गर्न गम्भीर बनाएको छ। यो बैठकमा विधेयबारे पनि कुरा भएको छ’, उनले भने, ‘नागरिकता विधेयकबारे कुरा भयो। युवा युवती र अरुलाई पनि मर्का परेको छ। नागरिक उड्ययन विधेयक, हवाई उड्ययन विधेयक रोकिएका छन्। अन्य तरिकाले पनि सदन सुचारु गर्ने पहल र प्रयत्न गर्छौँ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend