९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

शिव शिखर सहकारीले सुरु गर्यो एटीएम सेवा


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०७८ , मंगलबार

  • शिव शिखर सहकारीले सुरु गर्यो एटीएम सेवा
    ATM machine in bank or office

    बागलुङ, ३ फागुन – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बागलुङमा एटीएम सेवा शुरू गरेको छ । बागलुङमा रहका दर्जनौं सहकारीसंग प्रतिस्पर्धा गर्दै सहकारीले आफ्नो बजार समेत बिस्तार गर्दै जान थालेको छ ।

    आफ्नो शेयर सदस्य र सहकारीमा खाता संचालन गरेका ब्यक्तिलाई बैकिङ्ग सेवा दिने उदेश्यले एटीएम सेवा सुरु गरेको सहकारीले जनाएको छ । एटीएम सेवाको शुभारम्भ बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले सोमबार एक कार्यक्रमवीच गरे ।

    कार्यक्रममा नगर प्रमुख पौडेलले सहकारी संस्थाहरुलाई पनि पेपरलेश (कागजविहीन) बनाएर प्रविधिमा आधारित सहकारी संस्था बनाउनुपर्नेमा जोड दिए । सहकारीको अर्थ सहकार्य भएको भन्दै उनले सहकारी संस्थाहरुले सर्वशुभल रुपमा आफ्नो शेयर सदस्यलाई सेवा दिनुपर्नेमा धारणा राखे ।

    सहकारीले किसानलाई लक्षित गरी कृषी उपज खरिदबिक्री केन्द्र संचालन गरिसकेको र दाङ जिल्लामा जग्गा खरिद गरि रोल्पा रूकुमका किसानलाइ फाइदा पुग्ने अदुवा बेसार सुकाउने अत्याधुनिक प्लान्ट स्थापना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले बताए ।

    कोरोनाको जोखिम उच्च भइरहेको समयमा सहकारीले प्रविधिमैत्री काम अगाडि बढाइएको अहिले एटीएम सेवा ल्याएर आफ्नो शेयर सदस्यलाई सेवा दिएको सहकारीका अध्यक्ष सुशील बानियाँले बताए ।

    कार्यक्रममा बागलुङ नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष जीवन आचार्यले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संचालन सहकारीका बागलुङ प्रमुख विष्णु भुसालले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend