८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

प्रधानमन्त्री देउवाले भने : कांग्रेस ‘डबल स्ट्यान्डर्ड’ पार्टी होइन, एमसीसी पास गर्छ


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०७८ , मंगलबार

  • प्रधानमन्त्री देउवाले भने : कांग्रेस ‘डबल स्ट्यान्डर्ड’ पार्टी होइन, एमसीसी पास गर्छ

    काठमाडौं, ३ फागुन -नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक नाफाघाटा केही नहेरी अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदनको कर्तव्य पूरा गरिने बताएका छन्।

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको संसदीय दलको बैठक सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले एमसीसी पारित गर्न पार्टीले राजनीतिक नाफाघाटाको लेखाजोखा नगर्ने बताएका हुन्।

    ‘प्रतिपक्ष र सत्तामा हुँदा नेपाली कांग्रेसले ‘डबल स्ट्यान्डर्ड’ राख्दैन’, बैठकपछि महामन्त्री गगन थापाले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘यसको तत्कालीन नाफाघाटाबारे सोच्दै च्युत भयो भने कांग्रेसको छुट्टै परिचय रहँदैन। त्यसैले यसको नाफाघाटा जेसुकै होला कांग्रेसले आफ्नो कर्तव्य पूरा गर्छ भन्नुभयो।’

    उनका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि वर्तमान सरकारले प्रस्ताव लैजाने नभएर पूर्ववर्ती सरकारले दर्ता गरेको प्रस्तावलाई संसदमा टेबलका लागि पहल गर्ने पनि प्रष्ट्याए।
    तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गरेका थियो। त्यसअघि २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट तत्कालीन प्रधानमन्त्री ओलीले एमसीसी पारितका लागि संसदमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेका थिए।

    बैठकमा प्रधानमन्त्री देउवाले कांग्रेस संसदीय दलको नेताको हैसियतमा पूर्ववर्ती सरकारले संसदमा दर्ता गरेको एमसीसीसम्बन्धी प्रस्ताव टेबलका लागि सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरिसकेको पनि जानकारी गराएको महामन्त्री थापाले बताए।

    उनले प्रधानमन्त्री देउवा बुधबार एमसीसी टेबल हुनेमा विश्वस्त रहेको पनि बताए। ‘उहाँ विश्वस्त हुनुहुन्छ, भोलि संसदमा टेबल हुन्छ,’ महामन्त्री थापाले भने।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend