काठमाडौं, ३ फागुन – नेपाली कांग्रेसले अमेरिकी च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट एमसीसी नेपालको हितमा रहेको र यसलाई पास गर्नुको विकल्प नभएको भन्दै कांग्रेसले १२ बुँदे धारणा सार्वजनिक गरेको हो ।
कांग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको समेत व्याख्या गरेको छ । प्रवक्ता प्रकाशशरण महतले सरकारले प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने तयारी रहेको बताए ।
काँग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको बताएको छ । नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको काँग्रेसको ठहर छ ।
काँग्रेसले एमसीसीलाई राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको रूपमा व्याख्या गरेको छ । एमसीसी संसद्मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने काँग्रेसको जिकिर छ ।
‘सभामुखबाट प्रतिबद्धता आइसकेको छ, भोलिको बैठकमा एमसीसी टेबल हुन्छ,’ उनले भने । तर, सम्भावित कार्यसूचीमा त समेटिएन नि ? भन्ने प्रश्नमा प्रवक्ता महतले भने, ‘अहिले नभए त्यो फेरि थपिएला, तर भोलि टेबल हुन्छ ।’ प्रवक्ता महतले एमसीसीबारे गलत प्रचार भएको भन्दै अहिले विरोध गर्नेहरू नै त्यसको सम्झौता प्रक्रियामा सहभागी रहेको बताएका छन् ।
पूर्णपाठ :






