९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

यो बर्षको गण्डकी रत्न महाविर पुनलाई


जनमञ्च संवाददाता
  • ४ फाल्गुन २०७८ , बुधबार

  • यो बर्षको गण्डकी रत्न महाविर पुनलाई

    कास्की, ४ फागुन – गण्डकी सरकारले प्रविधि अभियन्ता महावीर पुनलाई गण्डकी रत्न घोषणा गरेको छ। प्रदेशको श्रीवृद्धि र गौरव बढाउने गरी विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुयाएका व्यक्तिहरुलाई सम्मान प्रदान गर्ने गरी सुरु गरेको सम्मान पहिलोपटक पुनलाई प्रदान गरिन लागेको हो।

    प्रदेश स्थापना दिवसका दिन बुधबार सरकारले उक्त घोषणा गरेको छ। आविष्कार केन्द्र स्थापना गरेर विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धान, विकास र उत्पादनमा केन्द्रित पुन गण्डकी प्रदेशको म्याग्दी जिल्लाका बासिन्दा हुन्। उनले एसिया प्रशान्त क्षेत्रमा प्रसिद्ध पुरस्कार म्यागासेसे पाइसकेका छन्।

     

    प्रदेशबाट विशिष्ट व्यक्ति छनोट गर्न सिफारिस समिति अध्यक्षमा मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री अध्यक्ष रहने व्यवस्था छ। सदस्यमा अर्थ र आन्तरिक मामिला मन्त्री, प्रमुख सचिव र आन्तरिक मामिलाका सचिव सदस्य सचिव रहने गरी समिति बनेको हो। समितिले बढीमा ३ जनालाई छनोट गर्ने भनेको थियो। तर पहिलोचोटि पुन एकजनालाई मात्रै सम्मान गर्ने निर्णय सरकारले गरेको छ।

    गण्डकी रत्न प्राप्त गर्ने व्यक्तिलाई प्रदेश सभा सदस्य सरहको मर्यादाक्रममा राख्ने व्यवस्था सरकारले गरेको छ। प्रदेशभित्रका विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न दिने र जीवनको उत्तराद्र्धमा संरक्षणको खाँचो पर्दा सरकारले त्यो दायित्व लिने पनि गण्डकी रत्न सम्बन्धी कार्यविधिमा छ।

    सरकारले विशिष्ट व्यक्ति सम्मान गर्न हालै कार्यविधि बनाएको थियो। गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा उल्लेख योगदान गर्ने व्यक्तित्वलाई ‘गण्डकी रत्न’ पुरस्कार प्रदान गर्ने कार्यविधि बनाएको हो। पु

    स २६ गते बसेको मन्त्रिपरिद् बैठकले विशिष्ट व्यक्ति सम्मान गर्ने कार्यविधि २०७८ स्वीकृत गरेको थियो। प्रदेशभित्र शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, विज्ञान, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि, समाजसेवा लगायतमा क्षेत्रमा उल्लेख्य योगदान गरी प्रदेशको गरिमा बढाउने व्यक्तित्वलाई सम्मान गर्ने सरकारको उद्देश्य छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend