८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

स्थानीय चुनावका लागि दल दर्ता गर्न आह्वान


जनमञ्च संवाददाता
  • ४ फाल्गुन २०७८ , बुधबार

  • स्थानीय चुनावका लागि दल दर्ता गर्न आह्वान

    काठमाडौं, ४ फागुन – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले बुधबार सूचना प्रकाशित गरी स्थानीय तहको चुनावका लागि बिहीबारदेखि दल दर्ता गर्न आह्वान गरेको हो। दल दर्ता गर्न १५ फागुनसम्मको म्याद दिइएको छ।

    दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र सङ्क्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना खुलाउनुपर्नेछ। यससँगै पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण उल्लेख गर्नुपर्नेछ।

    आयोगले निवेदनसँगै केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका पदाधिकारी र सदस्य सङ्ख्या पनि खुलाउन भनेको छ। दल दर्ताका लागि आयोगले तीन वर्षको लेखा परीक्षण प्रतिवेदन पनि बुझाउन भनेको छ। यस्तै, यससँगै दल दर्ता गर्ने सम्बन्धी केन्द्रीय समितिको निर्णय पनि सामेल गर्नुपर्नेछ। दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिह्नको नमूना पनि सामेल गर्नुपर्नेछ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend