८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

प्रधानमन्त्री देउवाले गुहार मागे एमाले अध्यक्ष ओलीसंग


जनमञ्च संवाददाता
  • ६ फाल्गुन २०७८ , शुक्रबार

  • प्रधानमन्त्री देउवाले गुहार मागे एमाले अध्यक्ष ओलीसंग

    काठमाडौं, ६ फागुन – अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्न सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी नेकपा एमालेसँग सम्वाद बढाएका छन् । देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग एमसीसी पास गर्न र सरकार समेत सहभागी हुन गुहार मागेका छन् ।

    सत्तारुढ चार दलका शीष नेताहरुको बैठकलगतै पत्नी आरजु राणासहित बालकोट पुगेका देउवाले विहिवार एमाले अध्यक्ष ओलीसँग लामो छलफल गरेर गुहार मागेका हुन् । बिहीबार नै सत्तारुढ चार दलको बैठकअघि कांग्रेस नेता मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि एमाले नेताहरु एमालेसंग निरन्तर सम्पर्कमा छन् ।

    बालकोट जानुअघि बालुवाटारमा बसेको सत्तारुढ चार दलको बैठकमा पनि प्रधानमन्त्री देउवाले शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्न सहमति मागेका थिए । तर गठबन्धनका दलहरुले एमसीसी संसदमा टेवल गर्न संसद अवरोध हट्नु पर्ने आफ्नो पुरानै अडान दोहोराएका थिए ।

    झन्डै डेढ घण्टा भएको छलफलमा ओलीले देउवालाई आफ्नो वाटो आफै तय गर्न भनेका थिए । उनले सत्ता गठवन्धन तोडेर आएमा मात्रै सोच्न सकिने वताएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend