९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
एमसीसी प्रकरण

अमेरिकाले नेपालमा ‘धम्कीपूर्ण कूटनीति’ सुरु गर्‍यो : चीन


जनमञ्च संवाददाता
  • ६ फाल्गुन २०७८ , शुक्रबार

  • अमेरिकाले नेपालमा ‘धम्कीपूर्ण कूटनीति’ सुरु गर्‍यो : चीन

    काठमाडौं, ६ फागुन – चीनले एमसीसीमार्फत् अमेरिकाले नेपालमा ‘धम्कीपूर्ण कूटनीति’ (कोअर्सिभ डिप्लोमेसी) सुरु गरेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताएको छ ।

    अमेरिकाले फेब्रुअरी २८ (फागुन १६) सम्म एमसीसी पारित गर्न दबाब दिएको छ । यसै विषयमा टिप्पणी गर्दै चीनले यस्तो आरोप लगाएको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार पत्रकार सम्मेलनमा ‘कोअर्सिभ डिप्लोमेसी’को विरोध गर्ने बताए ।

    नेपालको आर्थिक विकास र जीविकोपाजर्ननमा सुधार गर्न अन्तर्राष्ट्रिय समुदायको सहकार्य/सहयोगको चीनले स्वागत गर्ने तर यो राजनीतिक सर्तविना नेपाली जनताको इच्छामा हुनुपर्ने वाङको भनाइ छ ।

    वाङले नेपालको मित्रवत छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नो विकासको बाटो रोज्न र आफ्नो देशको हित र जनताको इच्छा देखाउने निर्णय गर्न नेपाललाई समर्थन गर्न जारी राख्ने पनि बताए । चीनले नेपालको विकासमा सहयोग र समर्थन जारी राख्ने उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend