९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
कार्यव्यवस्था समितिको बैठकपछि कार्यसूचीमा राख्ने सरकारको तयारी

भोलीको संसद बैठकको कार्यसूचीमा पनि राखिएन एमसीसी


जनमञ्च संवाददाता
  • ७ फाल्गुन २०७८ , शनिबार

  • भोलीको संसद बैठकको कार्यसूचीमा पनि राखिएन एमसीसी

    काठमाडौं, ७ फागुन – संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। तर, आइतबार दिउँसो १ बजे बोलाएको संसदको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यसूचीमा राखिएको छैन।

    संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची छ।

    आइतबार बिहान संसद् बैठक अगाडि सत्ता गठबन्धनको बैठक बस्दैछ। यसअघि सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपनि शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीले शनिबार पार्टीको स्थायी कमिटी बैठक बस्ने भएकाले पर्खन आग्रह गरेको थियो। सोही अनुसार शुक्रबारको कार्यसूचीमा पनि एमसीसी राखिएको थिएन।

    समाजवादीको आजको बैठकले संसदमा एमसीसी टेबल हुन दिने निर्णय गरेको छ। बैठकले सहमति जुटेमा, संसदको गतिरोध हटेमा एमसीसी संसदमा टेबल हुन दिने निर्णय गरेको हो।

    सरकारले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर एमसीसीलाई कार्यसूचीमा राख्ने र संसद्‍ बैठकमा टेबल गर्ने तयारी गरेको छ। सरकारले आफ्ना एजेन्डाहरू अघि बढाउन कार्यव्यवस्थामा सभामुख र दलहरूसँग औपचारिक आग्रह गर्ने चलन छ। कानुनमन्त्री समितिका पदेन सदस्य हुन्छन्।

    सरकार र संसद्बीच समन्वयकर्ताको भूमिका निर्वाह गर्ने जिम्मेवारी कानुनमन्त्रीकै हुन्छ। कार्यव्यवस्थाको बैठकमा एमसीसीबारे छलफल भए कार्यसूची संशोधन गरेर राख्न सकिने संसद् सचिवालयले जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend