९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै


जनमञ्च संवाददाता
  • ८ फाल्गुन २०७८ , आइतबार

  • पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै

    काठमाडौं, ८ फागुन – दुई साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो। वृद्धि भएको मूल्य शनिबार राति १२ बजेबाट लागू हुने निगमको भनाइ छ। वृद्धि भएको मूल्यअनुसार पेट्रोलको मूल्य १४५ र डिजेल, मट्टितेलको मूल्य १२८ रुपैयाँ पर्नेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् छ।

    निगमले गत माघ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ बढाएको थियो। १४२ रुपैयाँमा पेट्रोल र १२५ रुपैयाँमा डिजेल, मट्टितेल पाइने नयाँ मूल्य सार्वजनिक गरेको थियो।

     

    एलपी ग्यासमा प्रतिलिटर ५६०.७४ घाटा भए पनि हाललाई बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ। हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ११६, हवाई इन्धन बाह्यतर्फ १०९५ र एलपी ग्यासमा १५७५ रुपैयाँमा कारोबार भइरहेको छ।

    माघ १९ अघि निगमले माघ ५ गते पनि पेट्रोलको मूल्य वृद्धि गरेको थियो। उक्त समय पेट्रोलको मूल्य १३९ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ थियो। इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि मूल्यवृद्धि गर्नुपरेको सहप्रवक्ता पुष्कार कार्कीले बताए। इन्डियन आयल कर्पोरेसनले फागुन ४ गते पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको थियो। निगमले त्यसदिन सूचना जारी पेट्रोलको भउ बढ्ने संकेत गरिसकेको थियो।

    कर्पोरेसनले प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढेर आएकाले घाटा झन् थपिएको निगमले जनाउ दिइसकेको थियो। अझै पनि निगमले २ अर्ब २५ करोड घाटा रहेको दाबी गरेको छ। तर, समायोजनले निगमको १५ दिनको घाटा करिब २ अर्ब ४० रुपैयाँ करोडबाट करिब २५ करोड रुपैयाँले घट्ने जनाएको छ। निगमले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा २४ अर्ब रुपैयाँ घाटा भएको दाबी गरेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend