९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
'यत्तिको असिना पोखराका लागि पहिलो अनुभव'

पोखरामा भीषण असिना पानी


जनमञ्च संवाददाता
  • ८ फाल्गुन २०७८ , आइतबार

  • पोखरामा भीषण असिना पानी

    पोखरा, ८ फागुन – आइतबार बिहान पोखराको मौसम सामान्य थियो, तर, मध्यान्ह हुदै गर्दा बिग्रन थालेको मौसम दिउँसो साढे एकबजेपछि एकाएक बदलियो। त्यसपछि परेको भीषण असिनाले पोखरालाई सेताम्य बनायो। हिमाली भेगमा हिमपात भए झैं पोखराको ठाउँठाउँमा असिनाको थुप्रो लाग्यो। पानी भन्दा पनि अधिक असिना परेपछि उपत्यकाको यातायात नै प्रभावित बन्यो।

    मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबको एक-दुई दिन देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको बताइसकेको छ। जल तथा मौसम विज्ञान विभाग पोखराका मौसमविद् मीनकुमार अर्यालका अनुसार शनिबारदेखि नै महाशाखाले मौसम बिग्रने बताईसकेको थियो।

    ‘शनिबारदेनि नै नै मौसम बिग्रने पूर्वानुमान भईसकेको थियो। बिस्तारै तापक्रम बढ्दै जाँदा मेघगर्जन सहितको वर्षाको समय हो,’ उनले भने, ‘तर यत्तिको असिनापानी अहिले नै परिहाल्ने समय भने होईन।’ भीषण असिनापानी पर्ने समय अहिले नै नभईसकेको उनले बताए। ‘अलि चाँडो गरी भिषण असिनापानी परेको छ,’ उनले भने। अर्यालका अनुसार स्थानीय वायुको प्रभावका कारण पनि पोखरामा यो आकारमा असिनापानी परेको हुनसक्छ। वायुको स्थानीय सिस्टम विकास हुँदा यस्तै अवस्था आउने अर्यालले बताए।

    मार्च, अप्रिल र मे महिनालाई प्री मनसुुन भनिए पनि केहीदिन अघि नै यो आकारमा असिना पानी पर्नु मौसमी परिवर्तनको असर बुझन सकिने उनी बताउँछन। ‘मार्च सुरु हुन अझै १० दिन बाँकी छ। प्री मनसुनको बेला अझै भएको छैन।  प्री मनसुनमा वर्षा, चट्याङ, भीषण वर्षा हुन्छ,’ अर्यालले नागरिकसँग भने, ‘पछिल्लो समय वर्षा, चट्याङ, भीषण वर्षा र हिमपातमा नयाँ परिवर्तन भएको छ। त्यसको कारण तापक्रम बढेर को। पृथ्वीको तापक्रम बढेकोले नयाँ घटनाक्रम थपिएका छन।’ प्री मनसुन सुरु हुनु भन्दा दशदिन अघि नै यस्तो सिस्टम विकास हुँदा पोखराले अब दिनहुँजसो यस्तै अवस्था भोग्नुपर्ने अवस्था आउने उनले सुनाए।

    आइतबार दिउँसो साढे एकबजेपछि एकाएक पोखरामा असिनापानी पर्न थालेको थियो। पानी भन्दा पनि असिना खस्दा पोखराको नदीपुर, चिप्लेढुंगा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार क्षेत्रमा यातायात नै अवरुद्ध भएको थियो। अधिक असिना परेपछि गाडी अवरुद्ध भएका थिए। ठाउँठाउँमा असिना खेल्नेको भीड लागेको थियो। असिनापानीका कारण पोखरामा चिसो पनि बढेको छ। असिनापानीका कारण पोखरा र आसपासका क्षेत्रमा गरिएको खेतीमा क्षति पुगेको किसानले बताएका छन्।पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार पोखरामा सराङकोट देखि सुरु भएको असिनापानी काहँुखोला क्षेत्रमा पुग्दा ब्यापक क्षति गरेको छ। उनका अनुसार बजार क्षेत्र सहित हेम्जाको तल्लो भेगमा पनि अधिक क्षति पुगेको छ। योबेला आलु खन्नेबेला भएकोले त्यसलाई बढी क्षति पु¥याएको छ। आलुको पात सबै थिचेको छ। काउली, बन्दालाई पनि क्षति गरेको छ । घिरौला, करेला लगायतका तरकारीमा पनि उत्तिकै क्षति छ। तोरीलाई पनि क्षति गरेको छ। ‘यत्तिसारो असिना फागुनको सुरुवातमा परेको थाहा थिएन। तर, अधिक असिना पारेपछि किसानलाई मार परेको छ,’ उनले भने।पोखरामा यो समयमा यत्तिको बाक्लो असिना परेको धेरैले अनुभूति गरेका थिएनन। संस्कृतिविद् तीर्थ श्रेष्ठ भन्छन, ‘जिन्दगीमा पहिलो पटक यति भीषण असिना परेको छ, जुन यसअघि मैले कहिल्यै अनूभूति गरेको थिइन।’ उनका अनुसार पोखराको व्यस्त बजारको यातायातका साधन नै अवरुद्ध हुने गरि असिना परेको पहिलोपटक हो। ‘ठुलो आकरामा असिना पर्दा गाडीको सिसा नै फुटेको पनि थाहा छ, तर, यो बेलामा होईन। पोखरामा पनि यत्तिको असिना परेको मैले कहिल्यै देखिन,’ श्रेष्ठले भने।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend