८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना


जनमञ्च संवाददाता
  • ९ फाल्गुन २०७८ , सोमबार

  • मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

    पोखरा, ९ फागुन  – देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

    मौसमविद्का अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    अहिले प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

    आज राति पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन्।

    मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मंगलबार राती सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend