काठमाडौं, ९ फागुन – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले संसदमा निर्णयार्थ प्रस्तुत हुँदा अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले संसदमा एमसीसीबारे निर्णय लिइँदा विपक्षमा उभिने निर्णय गरेको प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले दिए।
‘एमसीसीलाई संसदमा निर्णायर्थ प्रस्तुत गरिँदा हाम्रा सांसदहरुले विपक्षमा मतदान गर्ने निर्णय भएको छ’, खतिवडाले भने, ‘यसअघि पनि हामीले संशोधन नभएको अवस्थामा पास गर्न नदिने बताइसकेका छौँ।’
खतिवडाले आफ्नो पार्टीका सबै २३ सांसदलाई एमसीसी सदनमा निर्णयार्थ पेस हुँदा विपक्षमा उभिन लगाउने तथा अन्य दलसँग पनि त्यसका लागि वातावरण बनाउने बताएका छन्।