९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको आग्रह


जनमञ्च संवाददाता
  • १० फाल्गुन २०७८ , मंगलबार

  • एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको आग्रह

    काठमाडौं, १० फागुन – पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले अमेरिकी सहायता  परियोजना एमसीसी सम्झौता असमान रहेको बताएका छन् ।

    मंगलबार विज्ञप्ति जारी गर्दै गौतम एमसीसी सम्झौतामा नेपाललाई सबै हिसाबले अपमानित हुनेगरी तल पारिएको, परियोजनामा नेपालको लगानीलाई मूल्यहीन बनाइएको र सबै विषयमा एमसीसीलाई अग्राधिकार दिइएको भन्दै नेपाल अमेरिकाको अधिनस्थ हुनुपर्ने खतरा उत्पन्न भएको उल्लेख गरेका छन् ।

    नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनतामै गम्भीर आँच पुग्ने गरी, असलग्न परराष्ट्र नीतिकोसमेत धज्जी उडाउने गरी एमसीसी परियोजना ल्याइएको उनको ठहर छ ।

    यस्तो खतरनाक विषयलाई आँखा चिम्लेर संविधानलाई बेवास्ता गर्दै हस्ताक्षर गर्ने व्यक्तिलाई अहिले नसकिए पनि कुनै दिन नेपाली जनताले कारबाही गरेर छोड्ने गौतमले उल्लेख गरेका छन् ।

    ‘टोपी हातले समाउँदै एमसीसीलाई सकी नसकी बोक्न जाने र नेपालमा ल्याएर पशुपतिनाथलाई पूजा गरे जस्तै पवित्र काम ठान्ने तथा आफूलाई परमपिता मान्नेहरूले नेपाली जनतालाई बुझिने गरी जबाफ दिनुपर्छ । यो सम्झौताले ७४ वर्ष पहिलेदेखि अविच्छिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि पर्‍यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्या ठान्ने खलनायकहरूले नै बोक्नु पर्नेछ,’ गौतमले चेतावनी दिएका छन् ।

    जनचाहना विपरीत एमसीसीमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली खुलेर लागेको भन्दै गौतमले उनीहरुलाई जनताले दण्डित गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।

    उनले एमसीसी फिर्ता लैजान अमेरिकालाई पुन आग्रह गरेका छन् । ‘मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको थिएँ । तर हुन सकेन । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

    एमसीसी फिर्ता लगे अमेरिका र नेपालबीचको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्ने वामदेवको विश्वास छ ।

    विज्ञप्तीको पूर्णपाठ :


    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend