काठमाडौं, ११ फागुन – लोकतान्त्रिक समाजवादी पार्टीले अमेरिकी आर्थिक सहयोग परियोजना –एमसीसी)को पक्षमा उभिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभामा टेबल भएको एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो।
अध्यक्ष महन्थ ठाकुरका अनुसार आजको बैठकमा उपस्थित सबै सांसदहरुले विपक्षमा मत नदिने पक्षमै मत दिने प्रतिबद्धता जनाएपछि ह्वीप भने लगाइएको छैन। संसद बैठक भोलि विहीबार बस्दैछ।
अध्यक्ष ठाकुरले सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन भने निर्देशन दिएका छन्। बैठकले अन्य निर्णय गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई दिएको छ।