९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गठबन्धन जोगाउने, एमसीसी फेल गराउने प्रचण्ड नीति


जनमञ्च संवाददाता
  • ११ फाल्गुन २०७८ , बुधबार

  • गठबन्धन जोगाउने, एमसीसी फेल गराउने प्रचण्ड नीति

    काठमाडौं, ११ फागुन – अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णायक मोडमा आइपुग्दा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र विपक्षमा छ ।

    माओवादीसँगै एकीकृत समाजवादी पनि विपक्षमा छ । गठबन्धन नै धरापमा परेपछि नचाहेर संसदमा टेबल गर्न सहमति जनाएका माओवादी अध्यक्ष प्रचण्ड अब पारित हुन नदिने रणनीतिमा छन् । प्रधानमन्त्री एवं प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँग सम्वाद बढाएर प्रचण्डमाथि दबाब बढाएका छन् ।

    तर प्रचण्ड भने गठबन्धन जोगाउने र एमसीसी फेल गराउने रणनीतिमा अघि बढेका छन् । बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा सत्ता उल्ट्याउन कैयन षडयन्त्र भइरहेको र ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने उल्लेख गरेका थिए । यो भनाइले पनि सत्ता गठबन्धन टुटाउन भइरहेका षडयन्त्रलाई रोकेर जोगाउने रणनीति देखाउँछ ।

    त्यसलगत्तै बागमती प्रदेश समितिको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी बाध्यताले टेबल गर्न दिएको तर पारित हुन नदिने दोहोर्‍याए । एमसीसीको विपक्षमा मतदान गर्ने उनको भनाइ थियो ।

    उनले भने, ‘हामी एमसीसीको विपक्षमै छौं । मूल ध्यय भनेको गठबन्धन नटुटोस एमसीसी फेल होस भन्ने नै हो । सभामुख ज्यूले एमसीसी रोक्ने प्रयास गर्नुभयो । तर, सरकारले टेबल गर्न भनेपछि त गर्नैपर्ने भयो । यसअघि सभामुख कृष्णबहादुर महराले एमसीसी रोक्नुभएको थियो । सबैले सभामुखमाथि पेलेका छन् ।’

    सभामुख र गठबन्धन जोगाउन टेबल हुन दिए पनि अब विपक्षमा मतदान गरेर फेल गराउने प्रचण्डको भनाइ थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend