२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसको घोषणा


जनमञ्च संवाददाता
  • १२ फाल्गुन २०७८ , बिहिबार

  • युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसको घोषणा

    काठमाडौं, १२ फागुन – रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् ।

    पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

    यसैबीच राजधानी किभ,  डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।

    यसैबीच रुसले पूर्वी युक्रेनमा हवाई उडान निषेधित क्षेत्र घोषणा गरेको छ । यो निषेध कति समयका लागि हो भन्नेबारे भने रुसले केही बताएको छैन ।

    युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सदस्य बन्न खोजेको विषयमा आपत्ति जनाउँदै आएको रुसले यसै पूर्वी युक्रेनमा पृथकतावादी गतिविधि भएको दुई राज्यको मान्यता दिएको थियो । रुसी कदमबाट आक्रोशित भएका पश्चिमा देशहरूले नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend