९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

संसद् भवनमा देउवा र ओलीबीच छलफल


जनमञ्च संवाददाता
  • १२ फाल्गुन २०७८ , बिहिबार

  • संसद् भवनमा देउवा र ओलीबीच छलफल

    काठमाडौं, १२ फागुन – प्रतिनिधिसभा बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन्।

    उनीहरुका बीचमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा छलफल भइरहेको छ। एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा संसद भवनमै रहेको प्रतिपक्षी दलको कार्यालयमा गएका थिए। ओलीसँग भेट्नु अघि उनले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग झण्डै आधा घन्टा छलफल गरेका थिए।

    अहिले ओलीसँगको एक्ला एक्लै छलफल सकेर देउवा-ओली सहित उपाध्यक्ष नेम्वाङ, सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगन थापा पनि छन्।

    यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छलफलमा सहभागी छन्। सरकारले टेबल गरेको एमसीसीमा अल्पमतमा पर्ने देखिएपछि प्रधानमन्त्री देउवाले संसद बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए।

    सभामुख अग्निप्रसाद सापकोटाले सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।

    अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनको प्रयासमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन्।

    सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित गरिएको जानकारी दिएका छन्। उनले अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने पनि बताए।

    यसअघि बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल अघि बढाउने दलहरुबीच सहमति भएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend