२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

एमसीसीका वारेमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डविच छलफल


जनमञ्च संवाददाता
  • १२ फाल्गुन २०७८ , बिहिबार

  • एमसीसीका वारेमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डविच छलफल

    काठमाडौं, १२ फागुन – अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिएको नेकपा माओवादी केन्द्रले प्रमुख विपक्षी नेकपा एमालेको साथ खोजेको छ । संसद बैठक स्थगित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले एमाले अध्यक्ष केपी शर्मासँग छलफल गरेका थिए ।

    बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रका नेताहरुले संसदको अवरोध हटाउन र एमसीसीलाई अस्वीकृत गर्न प्रस्ताव गरेका थिए । तर ओलीले आफूहरुले अघि सारेको माग सम्बोधन नभएसम्म संसदको अवरोध कायमै रहने बताएका छन् ।

    माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले २३ भदौदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

    छलफलमा अमेरिकी सहयोग परियोजना एमसीसी र प्रतिनिधिसभामा एमालेले गरिराखेको अवरोध खुलाउने विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकारहरुलाई प्रतिक्रिया दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend