९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
आजै सहकार्यको टुंगो हुन सक्ने !

देउवालाई भेट्न ओली फेरी बालुवाटारमा


जनमञ्च संवाददाता
  • १२ फाल्गुन २०७८ , बिहिबार

  • देउवालाई भेट्न ओली फेरी बालुवाटारमा

    काठमाडौं, १२ फागुन – प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई फर्किएलगत्तै ओलीको गाडी प्रधानमन्त्री निवास छिरेको हो। सत्तारुढ र प्रमुख प्रतिपक्षी नेताबीचको यो भेटलाई निर्णायक मानिएको छ।

    बिहीबारको संसद बैठकबाट एमसीसीबारेको छलफल अघि बढ्न नसकेपछि प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य दलसँगको संवाद करिब सकिएको बताएका थिए। यसअघि संसद भवनमा भएको छलफलका क्रममा ओलीसँग एमसीसी पारितका लागि सरकारको साथमा उभिए आफूले चाल्नुपर्ने कदमबारे निर्णय लिन तयार रहेको देउवाले बताएका थिए।

    देउवाले अहिले आफ्ना लागि सत्ता जोगाउने अंक गणितसँग कुनै सरोकार नभएको छलफलमा बताएका थिए। ​

    एमसीसी संसदबाट पारित गराउने विषय नेपालको अन्तराष्ट्रिय सम्बन्ध र विश्वसनीयताको कुरा भएको पनि उनले वार्तामा जोड दिए थिए।

    त्यसक्रममा ओलीले आफूहरुले उठाउँदै आएको माधव नेपालसहितका १४ सांसदमाथिको कारबाहीबारे प्रधानमन्त्रीले ठोस निर्णय लिनुपर्ने पनि बताएका थिए।

    ओलीले आफूहरु अन्यायमा परेको भन्दै कि त १४ सांसद हटाउन कि सभामुखलाई बिदा गर्न कांग्रेस तयार भएमा एमसीसीबारे निर्णय लिन तयार भएको उल्लेख गरेका थिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend