८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमसीसीको विरोधमा कानुन मन्त्री बडूको घरमा बिप्लव माओवादीले टांग्यो कालो ब्यानर


जनमञ्च संवाददाता
  • १२ फाल्गुन २०७८ , बिहिबार

  • एमसीसीको विरोधमा कानुन मन्त्री बडूको घरमा बिप्लव माओवादीले टांग्यो कालो ब्यानर

    काठमाडौं, १२ फागुन – एमसीसीको विरोध गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृह जिल्ला दार्चुला रहेको घरमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले कालो ब्यानर झुन्ड्याएको छ।

    जिल्ला सदरमुकाम खलंगा वडा नम्बर ५ नमस्कारमा रहेको मन्त्रीको बडूको घरमा दलाल मन्त्री मुर्दावाद लेखिएको व्यानर टाँगेको हो।

    मन्त्री बडूको घरको च्यानल गेटमा विप्लवका कार्यकर्ताहरुले अमेरिकी परियोजना एमसीसीको विरोध गर्दै दलाल मन्त्री मुर्दावाद, राष्ट्रघाति एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देश बेच्न पाइँदैन, दलाल सरकार चाहिँदैनलगायतका नाराहरु लेखेर व्यानर टाँगेका छन्।

    मन्त्रीको घरमा ब्यानार झुण्डाएको विषयमा प्रहरी प्रशासनले भने कुनै जानकारी नहरकेो बताएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend