९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मगर दिवसमा म्याग्दे गाउँपालिकाले दियो सार्वजानिक विदा


जनमञ्च संवाददाता
  • १२ फाल्गुन २०७८ , बिहिबार

  • मगर दिवसमा म्याग्दे गाउँपालिकाले दियो सार्वजानिक विदा

    तनहुँ, १२ फागुन – तनहुँको म्याग्दे गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मगर दिवसको अवसरमा गाउँपालिकाले बिदा दिने निर्णय गरेको हो । बिहीबार विज्ञप्ती प्रकाशित गरी मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    आईतबार गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था बन्द रहने गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिईन् । मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको उनको भनाई छ ।
    गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । म्याग्देमा मात्रै सात हजार भन्दा बढी मगर समुदायको बसोबास रहेको छ । जिल्लाका स्थानीय तहले विभिन्न पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिँदै आएका छन् ।

    जनैपूर्णिमा, शहीद दिवस, मगर दिवस, नारी दिवस लगायतका अवसरमा जिल्लाका स्थानीय तहले बिदा दिने गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend