९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
एमसीसी सकस

कांग्रेस-एमाले बालुवाटार बैठक सकियो, भएन सहमती


जनमञ्च संवाददाता
  • १२ फाल्गुन २०७८ , बिहिबार

  • कांग्रेस-एमाले बालुवाटार बैठक सकियो, भएन सहमती

    काठमाडौं, १२ फागुन – सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएको छ । बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।

    एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू बीच एक मत हुन नसकेपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको साथ खोजेका हुन् । आज दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो । दुई अध्यक्ष साँझ पुन: बैठकमा बस्ने सहमति गरी छुटिएका थिए । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष ओलीसँग प्रस्ताव राखेका थिए । ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका थिए ।

    ‘एमसीसी हामी सबै लागेर अगाडि बढाएको होइन । तपाईंकै पालामा संसदमा दर्ता भएको होइन ?,’ ओलीलाई देउवाको प्रश्न थियो । अहिले आएर एमसीसीबाट यसरी भाग्न खोज्दा देशले धेरै ठूलो मूल्य चुकाउनुपर्ने देउवाको भनाइ थियो । ‘म सबै कुराका लागि खुला छु । सरकार मेरा लागि माइनर हो । एमसीसीमा एक ठाउँ उभिएर जाऔँ ।’ देउवाले एमसीसीमा मद्दत गर्न आग्रह पनि गरेका थिए ।

    तर एमालेले भने सभामुखको राजिनामा, समाजवादीका १४ सांसदलाई कारवाही लगायतका पुरानै माग दोहोराएको थियो । वाहिर चर्चामा रहेजस्तो कुनै पनि सहमती नभएको वैठकमा सहभागी एक नेताले वताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend