९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
बडिगाड गाँउपालिकामा बृहत जनस्वास्थ्य शिविर अभियान

दुई हजार बढीको नि:शुल्क स्वास्थ्य परीक्षण


जनमञ्च संवाददाता
  • १३ फाल्गुन २०७८ , शुक्रबार

  • दुई हजार बढीको नि:शुल्क स्वास्थ्य परीक्षण

    बागलुङ, १३ फागुन – जिल्लाको बडिगाड गाँउपालिकामा फागुन ७ गतेदेखि शुरु भएको २० दिने बृहत जनस्वास्थ्य शिविर अभियानमा दुई हजार ५ सय ३६ बिरामीले सेवा लिएका छन् । बडिगाडको वडा नं. ७ भिमगिठे, वडा नं.५ ग्वालीचौर, वडा नं. ४ जलजला र वडा नं. २ खर्वाङमा सम्पन्न शिविरबाट उनीहरुले सेवा लिएका हुन् ।

    शुक्रबार ५ सय २५ जना ६० वर्ष माथिका जेष्ठ नागरिकलाई नसर्ने रोग र २ सय ७८ जना हजार दिनका आमाहरुलाई पनि अभिमुखिकरण तालिम सञ्चालन गरिएको थियो । शिविरमा ३ सय ५१ जनालाई चस्मा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    शिविरमा जाँच गरेका बिरामीलाई आवश्यक औषधि निशुल्क वितरण गरिएको गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक चुडामणि कंडेलले जानकारी दिए । शिविरमा गण्डकी मेडिकल कलेज पोखराका वरिष्ठ चिकित्सक प्रा. डा. तरुण पौडेल नेतृत्वमा १५ जना विशेषज्ञ चिकित्सकहरुले बिरामीको जाँच र औषधि उपचार गरिरहेका छन् । शिविरमा भिडियो एक्सरे, मधुमेह, पिसाब, प्रोटिन जाँच सेवा सञ्चालित छन् ।

    औषधिसहित गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग तथा बडिगाड गाउँपालिकाको आयोजनामा भईरहेको बृहत जनस्वास्थ्य अभियानमा सम्पूर्ण जाँच निशुल्क रहेको अध्यक्ष मेहरसिंह पाईजाले बताए ।

    बृहत जनस्वास्थ्य शिविर अभियानमा ४० वर्ष माथिको सवै सेवाग्राहीहरुको मृगौलाको जाँच, ४० वर्ष माथिका सवै महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच, सवै सेवाग्राहीको मधुमेह जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ ।
    ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई नसर्ने रोगहरु विरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम, सुनौला हजार दिनभित्रका आमाहरुको भेलामा गर्भवतीहरुको भिडियो एक्सरे तथा स्वास्थ्य शिक्षा पालिकाले सञ्चालन गरिरहेको छ ।

    त्यस्तै परिवार नियोजनका साधनहरु नरप्लान्ट, कपर टि राख्ने लगाएतको काम पनि सो अभियानमा संचालनमा छ । शिविरमा गण्डकी मेडिकल कलेज पोखराका वरिष्ठ चिकित्सक प्रा.डा. तरुण पौडेलसहित मेडिसिन विशेषज्ञ डा. अर्जुन पौडेल, डा. धिरज पौडेल, हाडजोर्नी तथा नशा विशेषज्ञ डा. विवेक अधिकारी, डा. सुमन भट्ट, स्त्री तथा प्रसुती विशेषज्ञ डा. चाँदनी स्याङ्तान लामा, डा. कृशा मास्के, आँखा विशेषज्ञ डा. प्रियङ्का सिंह, डा. रानु मेहेताले सेवादिएका छन् ।

    यस्तै नाक, कान, घाँटी विशेषज्ञ डा. आशिष घिमिरे, रेडियोलोजी विशेषज्ञ डा. कपिल थापा, मानसिक तथा स्नायु विशेषज्ञ डा. अच्यूत आचार्य, छाला तथा यौन विशेषज्ञ डा. मेघा देव, धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रका डा. जनक पाठक, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. रोहित शर्मा, नेत्र रोगका अप्टोमेट्रिष्ट रुद्र खत्री, धौलागिरि अस्पताल बागलुङका मेडिकल ल्याव टेक्नोलोजिष्ट नारायण प्रसाद कोइराला, भिमगिठे स्वास्थ्य चौकीका सवै स्वास्थ्यकर्मीलगायतले स्वास्थ्य जाँच गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend