२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

एक हजार रुसी सैनिकको मृत्य ! हालसम्मको क्षतिको विवरण के छ ?


जनमञ्च संवाददाता
  • १३ फाल्गुन २०७८ , शुक्रबार

  • एक हजार रुसी सैनिकको मृत्य ! हालसम्मको क्षतिको विवरण के छ ?

    बीबीसी – युक्रेनमाथि रुसी आक्रमण तीव्र गतिमा अघि बढिरहेको छ । रुसी फौज युक्रेनी राजधानी किभ नजिकै पुगेका छन् ।

    बीबीसीले प्राप्त गरेको हताहतीको विवरण प्रकाशित गरेको छ । तर, स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ ।

    युक्रेनको रक्षा मन्त्रालयले एक हजार रुसी फौज मारिएको बताएको छ । बेलायती रक्षा मन्त्रीले ४५० रुसी सैनिक, र ५७ जना सर्वसाधारण सहित १९४ जना युक्रेनी मारिएको जनाएको छ ।

    संयुक्त राष्ट्रसंघले देशभरिको हवाइ आक्रमणमा कम्तीमा २५ जना सर्वसाधारण मारिएको र १०२ जना घाइते भएको जनाएको छ ।

    रुसले किभ नजिकैको होस्टोमेल एयरफिल्ड कब्जा गर्ने क्रममा २०० युक्रेनी फौजलाई ‘हटाएको’ बताएको छ । स्नेक आइल्यान्डको रक्षा गर्ने क्रममा १३ जना युक्रेनी मारिए ।

    बिहीबार आफ्नो ४० भन्दा बढी सैनिक मारिएको र दर्जनौँ घाइते भएका युक्रेनले बताएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend