९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
एमसीसीलाई सैन्य रणनीतिको अंग बनाउने कागजमा ओली नेतृत्वको सरकारका मन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेको आरोप

ओली आएपछि त सिध्याइदिन्छन् : माधव नेपाल


जनमञ्च संवाददाता
  • १४ फाल्गुन २०७८ , शनिबार

  • ओली आएपछि त सिध्याइदिन्छन् : माधव नेपाल

    काठमाडौं, १४ फागुन – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई सिध्याउन खोजेको तर आफूहरुले बचाएको बताएका छन् ।

    एमसीसीलाई सैन्य रणनीतिको अंग बनाउने कागजमा ओली नेतृत्वको सरकारका मन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेको र विमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पनि सहभागी गराउने भनेर ओलीले तयारी गरेको भन्दै आफूहरुको विरोधका कारण त्यो रोकिएको उनले बताए ।

    पार्टी निकट प्रगतिशिल प्राध्यापक संगठनको कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई । …केपी आएपछि त सिध्याइदिन्छन् ।’

    एमसीसीको सवालमा यथास्थितिमा पास गर्न नसक्ने आफूहरुको स्पष्ट धारणा रहेको उनले बताए । ‘एमसीसीको सन्दर्भमा हाम्रो कुरा के हो भने त्यो विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्दछ । यो अनुदान रकमको रुपमा हुनुपर्दछ, वैदेशिक लगानीको रुपमा होइन,’ उनले भने ।

    पूर्वप्रधानमन्त्री नेपालले अगाडि भने, ‘त्यसमा आईपीएसको हिस्सा बनाउने कुनै कुरा स्वीकार्य हुँदैन । नेपाल कुनै पनि ब्लकमा, सैनिक रणनीतिमा वा सुरक्षा रणनीतिको अंग हुन सक्दैन ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend