२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

स्याङ्जाको भालुपहाड सडक दुर्घटनामा वाइसिएल नेता पौडेलको मृत्यु


जनमञ्च संवाददाता
  • १४ फाल्गुन २०७८ , शनिबार

  • स्याङ्जाको भालुपहाड सडक दुर्घटनामा वाइसिएल नेता पौडेलको मृत्यु

    पोखरा, १४ फागुन – नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिंग (वाइसिएल) का नेता सुवास पौडेलको सडक दुर्घटनामा मृत्यु भएको छ । पौडेल वाइसिएलको केन्द्रीय स्वास्थ्य विभाग प्रमुख हुन् ।

    स्याङ्जाको फेदीखोला गाउँपालिका घर भएका पौडेलले वाइसिएल स्याङ्जा जिल्ला कार्य समितिको बैठक सकेर पोखरा फर्किदै गर्दा शुक्रबार साँझ भालुपहाड सडक खण्डमा उनले चलाइरहेको मोटरसाइकल भीरबाट खसेर मृत्यु भएको हो ।

    सिद्धार्थ राजमार्ग फराकिलो बनाउने काम भइरहेको सडक खण्डमा पौडेलको मोटरसाइकल चिप्लिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । पौडेल सडकबाट डेढ सय मिटर तल खसेका थिए ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जा का निमित्त प्रवक्ता समेत रहेका इन्स्पेक्टर पदम थापाका अनुसार पौडेलको शव भिरमा अड्किएको हुँदा निकाल्न समेत कठिन भएको छ । शव निकाल्न पोखराबाट टोली मगाइएको उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend