काठमाडौं, १५ फागुन प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना (एमसीसी) माथिको छलफल सकिएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसिसीबारे सामान्य छलफल सकेर सभामुख अग्नि प्रसाद सापकोटाले आजै साढे ६ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।
आजै एमसिसी पारित गर्न अर्को बैठक साढे ६ बजे बस्ने भएको छ। अवको वैठकमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ। यसैका लागि केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । संसद भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ ।

गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने एक मन्त्रीले बताए । आजै बसेको गठबन्धनको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो ।