काठमाडौं, १५ फागुन – सरकारले एमसीसीको विषयमा उठेका विवादित विषयहरुलाई थप व्याख्या गर्ने गरी मन्त्रिपरिषद्बाट १२ बुँदे व्याख्यात्मक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभामा आइतबार बसेको पहिलो बैठकले एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएपछि मन्त्रिपरिषद्ले अनुमोदन गर्नुअघि व्याख्यात्मक प्रस्ताव पारित गरेको हो ।
मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा पेस गर्नेछन् । यसअघि सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी संसदबाट पास गर्ने निर्णय गरेको थियो ।
यस्तो छ मन्त्रिपरिषद्ले तयार गरेको एमसीसीसको व्याख्यात्मक प्रस्तावः







