बागलुङ, १५ फागुन – ४०औ मगर दिवश बागलुङमा भब्यरुपमा मनाइएको छ । मगर दिवशको अबसरमा सदरमुकाम सहित ग्रामीण क्षेत्रमा पनि बिभिन्न कार्यक्रमहरु संचालन भएका थिए ।
सदरमुकाममा भएको कार्यक्रममा भने सहभागिले मगरहरुको एकतामा जोड दिए । उनीहरुले राज्यले दिएका समावेशी अधिकारको माग पनि गरे । राजनीतिक अधिकार, कर्मचारी, सामाजिक तथा आर्थिक लगायतका अधिकारको क्षेत्रमा समेत उचित प्रतिनिधित्वको बिषयमा जोड दिए ।
कार्यक्रममा नेपाल मगर संंघका केन्द्रीय सदस्य तथा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले राजनीतिक र सामाजिक क्षेत्रमा पछि परेका मगरहरुको पछिल्लो समय पहुँच बढेको बताए । उनले लोकतन्त्र र गणतन्त्रले नेपालीलाई अधिकार सम्म पु¥याएको बताए ।
नेपाल मगर संघ बागलुङ नगरका अध्यक्ष हिराबहादुर थापामगरको अध्यक्षता र रीता थापामगरको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष गणेशबहादुर थापा, नेपाल मगर बिद्यार्थी संघ गण्डकीका अध्यक्ष बिष्णु आले, नेपाल मगर संघका सल्लाहकार रेशम थापा, मगर संघका जिल्ला सदस्य कुशुम बुढामगर र मगरसंघकै पूर्व केन्द्रीय सदस्य तेजेन्द्र थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मगर दिवशकै अबसरमा आइतवार बागलुङमा सयौंको ¥याली निस्केको थियो । उनीहरुले मगर एकताको नारा समेत लगाएका थिए ।
दिवशको अबसर पारेर मगर संघ बागलुङ, मगर विद्यार्थी संघ लगायतका भातृ संगठन समेतले ¥याली प्रर्दशन गरेका हुन् । उनीहरुले मगर समूदायमा चर्चित सालैज्यो, सोरठी जस्ता गीतसंगीत गाउने, नाच्ने, मगर समूदायबाट संचालनमा आएका पञ्चेबाजा बजाउने लगयतका क्रियाकलाप पनि गरे । मगर दिवशकै दिन बागलुङको गलकोट, बुर्तिवाङ, जैमिनी लगायतका स्थानमा पनि ¥याली र विभिन्न क्रियाकलाप संचालन भएका छन् ।
कार्यक्रममा सहभागिले मगरभाषा सहितको बहुभाषिक विश्वविद्यालय स्थापनाको माग समेत गरेका छन् । दिवश मनाउन गाउँगाउँबाट पनि मगर युवायुवतीहरु सदरमुकाम झरेका थिए ।