८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

जनमोर्चाबाट निर्वाचित वडाध्यक्षसहित सिंगो गाउँ एमालेमा प्रवेश


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७८ , सोमबार

  • जनमोर्चाबाट निर्वाचित वडाध्यक्षसहित सिंगो गाउँ एमालेमा प्रवेश

    बागलुङ, १६ फागुन – जिल्लाको ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्षसिहत सिंगो गाउँ समिति नै नेकपा एमालेमा प्रबेश गरेको छ ।

    ढोरपाटन नगरपालिका-२ मा वडाध्यक्षमा निर्वाचित युवराज महतसहित राजमोका डेढ सयभन्दा वढी कार्यकर्ता सोमवार दिउसो नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमाले ढोरपाटन नगर सचिव ज्ञानप्रसाद कँडेलका अनुसार १ सय ५५ बढी राजमोका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

    बुर्तिबाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई एमाले गण्डकी प्रदेश कमिटी सदय तुल्सीराम अर्याल, प्रदेश सदस्य तथा नगरप्रमुख देव कुमार नेपाली, प्रदेश सदस्य दधिराम अर्याल लगायतले एमालेमा स्वागत गरे ।

    एमालेमा प्रवेश गरेका युवा नेता महतले विकास र सामाजिक न्यायका लागि एमाले रोजेको बताए । आफ्ना वडाका जनताको चाहना पनि एमाले नै रोज्ने भएकाले उनीहरुलाई सही ठाउँमा अवतरण गराउन एमालेमा प्रवेश गरेको वताए ।

    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सचिवालय सदस्य अर्यालले सत्ताका लागि देश बेच्नसमेत पछि नपर्ने पात्रहरुले देश नै दुर्घटनातिर लगेको आरोप लगाए । कार्यक्रममा बोल्दै प्रदेश सदस्य तथा नगरप्रमुख देव कुमार नेपालीले जनतालाई ढाट्ने र झुटको खेती गर्ने नेताका दिन गएको बताए ।

    कार्यक्रममा प्रदेश कमिटी सदस्य दधिराम अर्याल, प्रदेश सदस्य टंक प्रसाद पौडेल, बयोवृद्व कम्युनिस्ट नेता खुमलाल पौडेल, एमाले जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, जिल्ला सचिवालय सदस्य एवं उपप्रमुख करमति पुन लगायतले बोलेका थिए ।

    नगर कमिटीका अध्यक्ष ऋतुवर्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष उत्तम महतले स्वागत मन्तव्य र नगर सचिव ज्ञान प्रसाद कँडेलले कार्यक्रमको सञ्चालन गरेका थिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend