८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

जिटुजीमार्फत भारतबाट मल आपूर्ति गर्ने समझदारी-पत्रमा हस्ताक्षर


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७८ , सोमबार

  • जिटुजीमार्फत भारतबाट मल आपूर्ति गर्ने समझदारी-पत्रमा हस्ताक्षर

    काठमाडौं, १६ फागुन – जिटुजी व्यवस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच एक समझदारी-पत्रमा हस्ताक्षर भएको छ। नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र भारतका रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले समझदारी-पत्रमा हस्ताक्षर गरेका छन्।

    नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा सोमबार एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी-पत्रमा हस्ताक्षर एवं समझदारी-पत्रको आदानप्रदान भएको थियो।

    हस्ताक्षर समारोहमा बोल्दै सचिव राजेशकुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवं बहुपक्षीय सम्बन्धको चर्चा गरे। उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा व्यक्त गरे।

    दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend