९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमसीसी पासपछि सरकारले भन्यो,’नेपाली भूमि कुनै मित्रराष्ट्रविरुद्ध प्रयोग हुन दिँदैनौँ’


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७८ , सोमबार

  • एमसीसी पासपछि सरकारले भन्यो,’नेपाली भूमि कुनै मित्रराष्ट्रविरुद्ध प्रयोग हुन दिँदैनौँ’

    काठमाडौं, १६ फागुन – सरकारले नेपाली भूमि कुनै मित्रराष्ट्र विरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता जनाएको छ। मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित भएपछि सरकारले नेपाली भूमि कुनै मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता दाेहाेर्याएकाे हाे।

    ‘सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध छ’ सरकारले भनेको छ, ‘नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरुप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ।’

    साथै सरकारले संसदबाट एमसीसी पारित गर्न मद्दत गर्ने सबैप्रति धन्यवाद दिएको छ। आइतबार राति प्रतिनिधि सभाबाट एमसीसी पारित भएपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले धन्यवाद प्रस्ताव पारित गरेको हो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend