८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बलात्कारको अभियोग लागेका पूर्वमन्त्री तथा एमाले सांसद बानियाँ पक्राउ


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७८ , सोमबार

  • बलात्कारको अभियोग लागेका पूर्वमन्त्री तथा एमाले सांसद बानियाँ पक्राउ

    काठमाडौं, १६ फागुन – पूर्वमन्त्री तथा नेकपा एमालेका मुगुका सांसद मोहन बानियाँ जबरजस्ती करणी अभियोगमा विमानस्थलबाटै पक्राउ परेका छन्।

    जुम्लाकी शिक्षिका तथा माओवादी नेतृ शान्ति शाहीले बाँके प्रहरीमा जबरजस्ती करणीकाे जाहेरी दिएपछि प्रहरीले उनको खाेजी गरेकाे थियाे ।

    दुई साताअघि जाहेरी परेपनि संसद चलेकाे, सभामुखकाे स्वीकृत आवश्यक लगायतका झमेलाले प्रहरीले आराेपित सांसदलाई पक्राउ गर्न समस्या परेकाे थियाे ।

    सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेले जानकारी दिएका छन् ।

    बाँकेस्थित होटल अप्सरामा जबरजस्ती करणी गरेको भन्दै ती शिक्षिका शाहीले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।

    पीडित भनिएकी महिलाले बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानीपख जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख छ ।

    माघ १८ गते हाेटलमा २५ लाख दिने भनेर बाेलाएकाे तर रकम नदिई आफूलाई जबर्जस्ती करणी गरेकाे शाहीले उजुरी दिएकी छन् भने सामाजिक सन्जालमै सार्वजनिक गरेकी छन् ।

    बानियाले भने आफूलाई राजनीतिक रूपमा फसाउन खाेजेकाे दावी गर्दै आएका छन् । महिलाको आराेपपछि उनले याे विषय अनावश्यक बाहिर ल्याएर चरित्रहत्या गरिएकाे दावी गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend