९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

रवीन्द्र अधिकारी स्मृति दिवसमा विकास परियोजनाका कुरा


जनमञ्च संवाददाता
  • १७ फाल्गुन २०७८ , मंगलबार

  • रवीन्द्र अधिकारी स्मृति दिवसमा विकास परियोजनाका कुरा

    पोखरा, १७ फागुन – नेकपा एमालेका पुराना नेता सोमनाथ अधिकारी ‘प्यासी’ले पार्टीका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले कल्पना गरेका विकासका परियोजनाहरु महत्वपूर्ण भएको बताएका छन् । उनले ती परियोजनारुलाई अगाडि बढाउनुपर्नेमा जोड पनि दिए ।

    नेता प्यासी स्वर्गीय रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको विद्यार्थी राजनीति र रवीन्द्र अधिकारी विषय अन्तरसंवादमा बोल्दै थिए । प्राध्यापक डा। भरतराज पहारीले रवीन्द्रलाई परिवर्तनका एक सफल संवाहकको रुपमा स्मरण गरे ।
    रवीन्द्रका सहकर्मी राजनितिक विष्लेषक झलक सुवेदीले नवीन विचार र ठोस कार्ययोजना एवं लक्ष्यसहित कर्ममा लाग्नु नै रवीन्द्रको विशेषता भएको स्मरण गरे ।

    प्रतिष्ठानका अध्यक्षसमेत रहेकी एमाले केन्द्रीय सदस्य ,प्रतिनिधि सभा सदस्य एवं स्वर्गीय अधिकारीकी धर्मपत्नी विद्या भट्टराई, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एबम गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, महासचिव धनराज आचार्य ,प्रतिष्ठानका सदस्य रश्मी आचार्य, पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख गेहेन्द्रश्वर कोइराला, सोही क्याम्पसका प्रमुख सरोज कोइराला लगायतका वक्ताहरुले रवीन्द्र अधिकारीले विद्यार्थी राजनीति र विकासमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए ।

    प्रतिष्ठानले पोखरामा ३ दिवसीय कार्यक्रमसहित स्मृति दिवस मनाएको हो । यसअघि फागुन चौध गते रबिन्द्र अधिकारी र मिडिया बिषयमा अन्तरक्रीया कार्यक्रम, फागुन पन्ध्र गते सहिद स्मृति पार्कमा स्वर्गीय अधिकारिको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली कार्यक्रम र सोही दिन ‘रबिन्द्र स्मृती दिवस’ समारोह सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend