८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमसीसी अनुमोदनमा सत्ता गठबन्धन गैरजिम्मेवार: एमाले (पूर्णपाठसहित)


जनमञ्च संवाददाता
  • १७ फाल्गुन २०७८ , मंगलबार

  • एमसीसी अनुमोदनमा सत्ता गठबन्धन गैरजिम्मेवार: एमाले (पूर्णपाठसहित)

    काठमाडौं, १७ फागुन – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताबारे सत्तारुढ दलले फिँजाएका भ्रम, विभिन्न रङ र पुलिन्दा निर्माण गरी बिक्री गर्न खोज्दा द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष  लगानी ऋण वा अनुदान सहायता प्राप्त हुुने प्रक्रियामा गैरजिम्मेवारपन देखाएको आरोप लगाएको छ । पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो ।

    “प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयनको प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता गठनन्धनका कही नेताहरूमा रहेको अज्ञानता वा गैरजिम्मेवापन प्रकट भएको छ,” एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    ‘एमसीसी सम्झौता अहिलेका सत्ता गठबन्धनमा रहेका दलहरुले नै गरेका थिए। यसलाई विवादास्पद पनि तिनै गठबन्धनका नेताहरुले बनाए। सम्झौता आफूले गरे, जनताले जवाफ माग्दा उत्तर दिनुको साटो प्रश्न एमसीसीतिर तेर्स्याए’, उनले भनेका छन्, ‘सन्धि-सम्झौताका सन्दर्भमा राज्यले गर्नुपर्ने पत्राचारजस्तो विषयमा दलका नेताले हात हालेर कूटनीतिक मर्यादाको उल्लंघन गरे।’

    एमाले विभाजनको हतियारका रुपमा पनि एमसीसीलाई प्रयोग गरिएको गम्भीर आरोप एमालेले लगाएको छ । ‘हाम्रो पार्टी विभाजनको लागि समेत हतियारको रुपमा यसैलाई प्रयोग गरे’, उनले भनेका छन्, ‘हाम्रो पार्टी यसखाले दूषित अभियानमा संलग्नहरूप्रति खेद प्रकट गर्दछ।’

    एमालेले बाह्य सहयोग राष्ट्रिय प्राथमिकता र आवश्यकताका आयोजनामा जरुरी पर्ने बताएको छ ।। तर त्यो राष्ट्रिय हित अनुकुल हुने एमालेको तर्क थियो। ‘राष्ट्रिय हित अनुकुल छैन भने राष्ट्रिय स्वाभिमानमा असर पर्छ भने त्यसलाई स्वीकार्दैनौँ। सम्झौताअघि विचार गरिनुपर्छ। सम्झौता अहिले सत्तासीन गठबन्धनका प्रमुख घटकले नै गरेका हुन्’, उनले भने, ‘उनीहरुले केपी ओली नेतृत्वको सरकार ढालौँ। गठबन्धनका प्रमुख पार्टी जस किन दिने उनलाई, नयाँ सरकार बनाऊँ त्यसो भएपछि तुरुन्तै पास गर्छौँ भन्नेमा थिए।’

    अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदानसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट यही फागुन १५ गते पास भएको छ ।

    पूर्णपाठ पढ्नोस् :

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend